विराट र शामी चम्किदा भारत विजयी

एजेन्सी । एकदिवसीय विश्वकपमा भारतले आफ्नो शानदार प्रदर्शनलाई निरन्तरता दिएको छ । आइतबार राति सम्पन्न खेलमा न्युजिल्याण्डलाई ४ विकेटले हराउँदै भारतले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको हो ।

जीतको लागि २ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४८ ओभरमा ६ विकेटको क्षतिमा २ सय ७४ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । भारतको लागि विराट कोहलीले शानदार अर्धसतक पूरा गरे । उनी सतकबाट ५ रनले चुकेका हुन् । उनले १ सय ४ बल खेल्दै ८ चौका र २ छक्काको मद्दतमा ९५ रन बनाउँदा कप्तान रोहित शर्माले ४६, रविन्द्र जडेजाले ३९, श्रेयस आयरले ३३, के एल राहुलले २७ र शुभ्मन गिलले २६ रन बनाएका हुन् ।

न्युजिल्याण्डको लागि लकी फेर्गुसनले दुई विकेट लिँदा ट्रेन्ट बोल्ट, म्याट हेनरी र मिट्चेल सान्टनेरले समान एक-एक विकेट लिए ।

यसअघि धर्मशालमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ७३ रन बनाएको हो । न्युजिल्याण्डको लागि डार्यल मिट्चेलले सतक बनाउँदा रचिन रविन्द्रले अर्धसतक बनाए । मिट्चेलले १ सय २७ बलमा ९ चौका र ५ छक्काको मद्दतमा १ सय ३० रन बनाउँदा रविन्द्रले ७५ रन बनाए । उनले ८७ बलमा ६ चौका र एक छक्का प्रहार गरे । ग्लेन फिलिप्सले २३ र विल योगले १७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

भारतको लागि मोहम्मद शामीले १० ओभरमा ५४ रन दिएर ५ विकेट लिए । यस्तै कुलदिप यादवले २ विकेट लिँदा जस्प्रित बुम्रा र मोहम्मद सिराजले समान एक-एक विकेट लिए ।

जीतसँगै भारत ५ खेलबाट १० अंक जोड्दै तालिकाको शीर्ष स्थानम उक्लिएको छ । समान खेलबाट ८ अंक जोडेको न्युजिल्याण्ड दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *