त्रिकोणात्मक सिरिजमा नेपाल र युएई भिड्दै

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत आज हुने खेलमा नेपाल र युएई भिड्दैछन् । मुलपानी क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजे शुरु हुनेछ ।

आज हुने खेलमा जीत निकाल्दै नेपाल आफ्नो सतप्रतिशत विजयी यात्रालाई निरन्तरता दिन चाहन्छ । हाल नेपाल ३ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा युएईलाई हराउँदै प्रतियोगिताको शुरुवात गरेको नेपालले दोस्रो र तेस्रो खेलमा हङकङलाई क्रमश ६ विकेट र ७९ रनले पराजीत गरेको थियो ।

यता युएई भने आजको खेलमा नेपालसँग बदला लिने लक्ष्यसाथ मैदान उत्रिनेछ । पहिलो खेलमा नेपालसँग पराजीत भएको युएईले आइतबार भएको दोस्रो खेलमा हङकङलाई ६ विकेटले पराजीत गरेको थियो । नेपाल यसअघिनै फाइनल पुगिसकेको छ । आजको खेलमा जीत निकालेको खण्डमा युएईले फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *