भारतलाई न्युजिल्याण्डको मध्यम विजयी लक्ष्य

एजेन्सी । एकदिवसीय विश्वकपमा न्युजिल्याण्डले भारतलाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । धर्मशालामा भएको खेलमा न्युजिल्याण्डले भारतलाई जीतको लागि २ सय ७४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ७३ रन बनाएको हो । न्युजिल्याण्डको लागि डार्यल मिट्चेलले सतक बनाउँदा रचिन रविन्द्रले अर्धसतक बनाए । मिट्चेलले १ सय २७ बलमा ९ चौका र ५ छक्काको मद्दतमा १ सय ३० रन बनाउँदा रविन्द्रले ७५ रन बनाए । उनले ८७ बलमा ६ चौका र एक छक्का प्रहार गरे । ग्लेन फिलिप्सले २३ र विल योगले १७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

भारतको लागि मोहम्मद शामीले १० ओभरमा ५४ रन दिएर ५ विकेट लिए । यस्तै कुलदिप यादवले २ विकेट लिँदा जस्प्रित बुम्रा र मोहम्मद सिराजले समान एक-एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *