पाल्पामा जिप दुर्घटना, ६ जनाको मृत्यु

पाल्पा । पाल्पाको रानीमहल नजिक भएको जिप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । पर्यटकीयस्थल रानीमहल दरबार नजिकै बैकुण्ठे भीरबाट खोलामा जिप खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेमध्ये तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् ।

जिप चालक गम्भीर घाइते भएका प्रहरीको भनाइ छ । घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाट र जिल्लाबाट गएको जनपथ प्रहरी, शसस्त्र र नेपाली सेनाको टोली खटिएको छ । सडकबाट घटनास्थल पुग्न ठूलो भिर र पहाड भएकाले पनि कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख हेरम्व शर्माले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *