इजरायलमा मारिएका चार विद्यार्थीको शव धनगढी लगियो

धनगढी । इजरायलमा मारिएका चार विद्यार्थीको शव धनगढी ल्याइएको छ । इजरायलमा १० नेपाली विद्यार्थी मारिएकामा चार विद्यार्थीको शव आइतबार धनगढी लगिएको हो ।

धनगढी विमानस्थलका अनुसार शव नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी ल्याइएको हो । चारवटै शवलाई आफन्तको जिम्मा लगाइसकेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । धनगढीबाट स्थानीय प्रशासनले पीडितको घरसम्म शव पुर्याउने व्यवस्था गरेको छ ।

दार्चुला मालिकार्जन गाउँपालिका–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी नगरपालिका–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव आफन्तको जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *