हङकङमाथि युएईको जीत

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजमा युएईले पहिलो जीत निकालेको छ । आइतबार दिउँसो भएको खेलमा युएईले हङकङलाई ६ विकेटले पराजीत गरेको हो ।

जीतको लागि १ सय ५० रनको विजयी लक्ष्य पछ्याएको युएईले १८ ओभरमा ४ विकेटको क्षतिमा १ सय ५३ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । युएईको लागि कप्तान मुहम्मद वासिमले ४०, खालिद शाहले ३७, भ्रित्या अर्भिन्दले २९, आलिशान शराफुले २०, आसिफ खानले १२ र बासील हामेदले ११ रन बनाए ।

हङकङको लागि यासिम मुर्ताजाले दुई विकेट लिँदा इशान खान र निजकात खानले समान एक-एक विकेट लिए ।

यसअघि मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको हङकङले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । हङकङको लागि बाबर हायातले ६६, अजाज खानले ४८ र अन्शी राथ १४ रन बनाए ।

युएईको लागि जाहोर खानले तीन विकेट लिँदा निलान्श केस्वानीले दुई विकेट लिए । जीतसँगै युएईले दुई खेलबाट २ अंक जोडेको छ । एक खेल बढी खेलेको हङकङ अंकविहिन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *