धादिङ । धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान गएको भूकम्पपछि लगातार धक्का महसुस भएको छ । आइतबार बिहान ७ः३९ बजे धादिङ, ज्वालामुखी गाउँपालिका-५ केन्द्रविन्दु गरी गएको भूकम्पपछि लगातार भूकम्पको धक्का महसुस भएको हो ।
केन्द्रविन्दु भएको आसपासका क्षेत्रमा पहिरो गएको छ भने हालसम्म कुनै मानवीय क्षतिको खबर भनेको आएको छैन । काठमाडौं उपत्यकालगायत धादिङ आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । सो भूकम्प २०७२ सालको ‘गोरखा भकम्प’को परम्कप भएको उनले बताए ।