दिमाग खराबको ट्रेलर सार्वजनिक

काठमाडौं । निश्चल बस्नेतको निर्देशनमा बनेको चलचित्र ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक भएको छ । रोजगारीका लागि विदेश जान लागेको पात्रको ओरपर घुमेको चलचित्रको ट्रेलरमा विदेशिन लागेका युवाले भुग्नुपरेको पिडा र दुखलाई समेटिएको छ ।

फिल्म राजनीतिक र समसामयिक विषयमा बनेको ट्रेलरले प्रस्ट देखाएको छ । खगेन्द्र लामिछानेको पात्र खाली खुट्टा विमानस्थल पुगेको दृश्यबाट ट्रेलर शुरु भएको छ । आफ्नै नगरपालिकाको मेयर संलग्न रहेको म्यानपावरले विदेश पठाउन ठगी गरेको विषयलाई चलचित्रमा उठान गरिएको छ । मेयरले फोन गर्दिए आफु विदेश जान पाउने  भनि मेयरलाई भेट्न खगेन्द्रको पात्रले प्रयास गरिरहेको छ । अन्त्यमा चुनावको समयमा सय भोटको पक्का गरेको खण्डमा फोन गरिदिने भन्दै मेयरले आश्वासन दिएपछि भोटको लागि पात्रले परिवार, मित्रजन र छिमेकलाई गरेको आग्रह र संघर्षलाई ट्रेलरमा देखाइएको छ ।

चलचित्रमा खगेन्द्र लामिछानेसँगै शीर्ष कलाकारको अभिनिय रहेको छ । चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का खगेन्द्रको श्रीमतीको रुपमा देखिएकी छिन् भने अर्पण थापा नगरपालिकाको मेयर रहेका छन् । यस्तै दयाहाङ राई खगेन्द्रको मित्रको रुपमा छन् भने हास्य कलाकार सुमन कार्कीलाई पत्रकारको रुपमा देख्न सकिन्छ । यस्तै चलचित्रमा विजय बराल, पुस्कार गुरुङ, माओत्से गुरुङ, रमा थपलियागित विष्ट, धिरज भट्ट, गीता अधिकारी, राजन खतिवडा लगायतको अभिनय रहेको छ । निर्देशक निश्चल बस्नेतलाई अन्त्यमा बाइक र्यालीमा देख्न सकिनेछ ।

सिनेमा आर्ट् र ब्ल्याक हर्स पिक्चर्सको निर्माणमा बनेको चलचित्र कार्तिक २४ गते देखि प्रदर्शनमा आउनेछ । चलचित्रलाई आकाश बरालले लेखेका छन् भने स्क्रिप्ट डाक्टरको रुपमा मनोज पण्डित रहेका छन् । फ्लिमको निर्माता रौनक ब्रिकम कडेल रहेका छन् भने कार्यकारी निर्मातामा सुरज बम ठकुरी रहेका छन् ।

चलचित्रमा निमेष श्रेष्ठको सम्पादन र सुसन प्रजापतिको छायांकन रहेको छ भने जयन वाइबा र बाबुल गिरीले संगीत भरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *