चेल्सी र आर्सनलको बराबरी, सिटी विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सी र आर्सनलले बराबरी खेल्दा म्यानचेस्टर सिटीले जीत हात पारेको छ । शनिबार राति भएको खेलमा चेल्सी र आर्सनलले २-२ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।

स्ट्राम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीको लागि कोले पाल्मेर र म्युखाय्लो मुद्रुकले समान एक-एक गोल गर्दा आर्सनलको लागि  डेक्लान राइस र लिएनार्दो ट्रोसार्डले समान एक-एक गोल गरे । खेलको १५ औं मिनेटमा पाल्मेरले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई शुरुवाती अग्रता दिलाएका थिए । ४८ ओम मिनेटमा गल्लाघेरको पासमा मुद्रुकले गोल गर्दै चेल्सीलाई २-० गोलको अग्रता दिलाए ।

७७ औं मिनेटमा राइसले गोल गर्दै आर्सनललाई २-१ गोलको स्थितिमा ल्याए । यस्तै ८४ औं मिनेटमा साकाको पासमा ट्रोसार्डले गोल गर्दै आर्सनललाई २-२ गोलको बराबरीमा ल्याएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा आर्सनल र चेल्सीले एक-एक अंक बाढेका हुन् ।

बराबरीसँगै आर्सनल ९ खेलबाट २१ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १२ अंक जोडेको चेल्सी दसौं स्थानमा रहेको छ ।

यस्तै गएरातिनै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले ब्रिघटनलाई २-१ गोलले हराएको हो । घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीलाई जीत दिलाउन जुलियन अल्भारेज र इर्लिंग ब्राउट हालान्डले समान एक-एक गोल गरे ।

जीतसँगै सिटी ९ खेलबाट २१ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट १६ अब्क्क जोडेको ब्रिघटन सातौँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *