धादिङको खरी केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प भएको छ । आइतबार बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

काठमाडौं उपत्यकालगायत धादिङ आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । सो भूकम्प २०७२ सालको ‘गोरखा भकम्प’को परम्कप भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *