स्वीट्जरल्याण्डमा हमासको सम्भावित लगानीकाबारेमा अनुसन्धान हुँदै

स्विट्जरल्यान्डले हमासलाई आतङ्कवादी सङ्गठनका रूपमा वर्गीकरण नगरे पनि उसको सम्भावित लगानीको स्वीस न्यायपालिकाले अनुसन्धान गरिरहेको महान्यायाधिवक्ताले बताएका छन् ।महान्यायाधिवक्ता स्टेफन ब्ल्याटरले हमासले अक्टोबर ७ मा इजरायलमाथि हमला गर्नुभन्दा ‘कयौँ सातापहिला’ अनुसन्धान सुरु गरिएको जानकारी दिएका हुन् ।

युरोपेली युनियन र अमेरिकाविपरीत स्विट्जरल्यान्डले हमासमाथि प्रतिबन्ध लगाएको छैन किनकी अनुसन्धान कठिन हुने अपेक्षा गरिएको छ । तर हमासले इजराइलमाथि हमला गरेपछि स्विस सरकारलाई कारबाही अगाडि बढाउन माग बढ्न थालेसँगै त्यसको प्रतिक्रियास्वरूप अनुसन्धान सुरु गर्न बल प्राप्त भएको छ ।

हमलाको चार दिनपछि सरकारले हमासलाई आतङ्कवादी सङ्गठनका रूपमा वर्गीकरण गर्नुपर्छ भन्ने विचारमा रहेको बताएको छ । आक्रमणपछि गठन गरिएको मध्यपूर्व टास्क फोर्सलाई इस्लामिक लडाकू समूहलाई ‘आतङ्कवादी’ का रूपमा वर्गीकरण गर्ने विकल्पहरूको अध्ययन गर्ने जिम्मा दिइएको छ तर स्विस सरकारले उक्त विषयमा कुनै समयसीमा दिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *