रोनाल्डोको गोलमा अल नासरको पुनरागमन जीत

एजेन्सी । सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि अल नासरले साउदी प्रो लिगमा पुनरागमन जीत निकालेको छ । शनिबार राति भएको खेलमा अल नासरले डामाक एफसीलाई २-१ गोलले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा अल नासरलाई जीत दिलाउन एन्डर्सन टालिस्का र रोनाल्डोले समान एक-एक गोल गरे । डामाक एफसीमा भएको खेलमा गर्जिस केभिन एनकोउडोउले एक गरे । पहिलो हाफको इन्जुरी समयमा दोस्रो मिनेटमा निकोलेको पासमा एनकोउडोउले गोल गर्दै पाहुना टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

५२ औं मिनेटमा टालिस्काले गोल गर्दै अल नासरलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । चार मिनेटपछि रोनाल्डोले फ्रि-किकमा गोल गर्दै अल नासरलाई २-१ गोलको अग्रता दिलाएका थिए ।

जीतसँगै अल नासर १० खेलबाट २२ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १० अंक जोडेको डामाक ११ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *