इजरायलमा मारिएका दशमध्ये चार जनाको शव आज काठमाडौँ आइपुग्दै

काठमाडौं । इजरायलमा मारिएका दशमध्ये चार जनाको शव आज काठमाडौँ आइपुग्दैछ । इजरायल सरकारले पहिचान भएका ४ जनाको शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू शनिवार नेपाल पठाइएको हो ।

पहिलो चरणमा नेपाल पठाउन लागिएको शवमा नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज विष्ट र आशिष चौधरीको रहेको छ । ७ अक्टोबरमा गाजास्थित हमास समूहको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। बाँकी ६ नेपालीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको दूतावासले जनाएको छ ।

शव लिनका लागि आज बिहान ९ बजे परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थल जाने कार्यक्रम छ। शवहरू आज नै नेपाली सेनाको हेलिकप्टरमार्फत कैलालीको धनगढी लैजाने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *