सलाहको दुई गोलमा लिभरपुल विजयी

एजेन्सी । फरवार्ड मोहम्मद सलाहले दुई गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिगमा जीत हात पारेको छ । शनिबार बेलुकी भएको खेलमा एभर्टनलाई २-० गोलले हराउँदै लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुललाई जीत दिलाउन सलाहले दुवै गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७५ औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई शुरुवाती अग्रता दिलाएका थिए । यस्तै दोस्रो हाफको इन्जुरी समयको सातौँ मिनेटमा नुनेजको पासमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २-० गोलको जीत दिलाएका हुन् ।

जीतसँगै लिभरपुल ९ खेलबाट २० अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट ७ अंक जोडेको एभर्टन १६ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *