कुशल र दीपेन्द्रको अर्धसतकमा नेपालद्वारा हङकङलाई विशाल विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । अलराउण्डर दीपेन्द्र सिंह एरी र कुशल मल्लले शानदार अर्धसतक पूरा गरेपछि त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत जारी खेलमा नेपालले हङकङलाई विशाल विजयी लक्ष्य प्रस्तुत गरेको छ । मुलपानी अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले हङकङलाई जीतको लागि २ सय १४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १३ रन बनाएको हो । नेपालको लागि दीपेन्द्र र कुशलले पाँचौ विकेटको लागि १ सय ५५ रनको साझेदारी गर्दै नेपाललाई विशाल योगफलमा पुर्याएका हुन् । कुशलले ४१ बलमा ९ छक्का र ३ चौकाको मद्दतमा ९२ रन बनाउँदा दीपेन्द्रले ३४ बलमा ५७ रन बनाए । उनले ६ चौका र २ छक्का प्रहार गरे । यसअघि आसिफ शेख २०, कप्तान रोहित पौडेल ११, सोमपाल जामी ८ र कुशल भुर्तेल २ रन बनाउँदै आउट भएका थिए ।

हङकङको लागि हारो अर्शाद र मोहम्मद घाजान्फारले समान दुई-दुई विकेट लिँदा आयुष शुक्ला र अजिज खानले समान एक-एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *