उत्तरपश्चिम पाकिस्तानमा सैन्य कारबाहीमा चार आतङ्ककारीको मृत्यु

पाकिस्तानी सेनाले उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले चार आतङ्ककारीलाई मारेको र अर्का एक जना घाइते बनाएको बताएको छ ।

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले विज्ञप्ति जारी गर्दै सुरक्षा बलले प्रान्तको लक्की मारवत जिल्लामा कारबाही गरेको थियो।

अपरेशनका क्रममा सेना र आतङ्ककारीहरू बीच गोली हानाहान भएको र ती आतङ्ककारी मारिएको बताइएको छ ।
मारिएका आतङ्ककारीहरू सुरक्षा बल विरुद्ध विभिन्न किसिमका आतङ्ककारी गतिविधिका साथै निर्दोष नागरिकको हत्यामा संलग्न रहेको सेनाको दाबी छ । कारबाहीका क्रममा आतङ्ककारीहरूबाट ठूलो मात्रामा हातहतियार, उपकरण र विस्फोटक पदार्थ समेत बरामद भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *