पोर्चुगल युरोकप कपमा छनोट

एजेन्सी । सन् २०१६ को युरोकप विजेता पोर्चुगल आगामी वर्ष जर्मनीमा हुने युईएफए युरोकपमा छनोट भएको छ । शुक्रबार राति भएको खेलमा सोल्भाकियालाई ३-२ गोलले हराउँदै पोर्चुगल युरोकपमा छनोट भएको हो ।

इस्टाडियो डो ड्रागोमा भएको खेलमा पोर्चुगललाई जीत दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दा गोन्सालो रामोसले एक गोल गरे । सोल्भाकियाको लागि डेभिड हान्को र स्टानिस्लाभ लोबोट्काले समान एक-एक गोल गरे । खेलको १८ औं मिनेटमा फर्नान्डेजको पासमा रामोसले गोल गर्दै पोर्चुगललाई १-० गोलको अग्रता दिलाएका हुन् ।

२९ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । ६९ औं मिनेटमा बेनेसको पासमा हान्कोले गोल गर्दै सोल्भाकियालाई २-१ गोलको स्थितिमा ल्याए । ७२ औं मिनेटमा फर्नान्डेजको पासमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३-१ गोलको अग्रता दिलाए ।

८० औं मिनेटमा डुडा स्टानिस्लाभ लोबोट्काले गोल गर्दै सोल्भाकियालाई ३-२ को स्थितिमा ल्याएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा पोर्चुगल ३-२ गोलले विजयी भएको हो ।

जीतसँगै पोर्चुगल ७ खेलबाट २१ अंक जोड्दै समूह ‘जे’को शीर्ष स्थानमा रहेको छ । समान खेलबाट १३ अंक जोडेको सोल्भाकिया दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *