इजरायली हवाई आक्रमणमा १३ बन्धकको मृत्यु भएको हमासको दावी

गाजामा इजरायली हवाई आक्रमणमा हमासले कब्जामा लिएका कम्तीमा १३ जना बन्धकको मृत्यु भएको हमासले जनाएको छ । उत्तरी गाजा र गाजा शहरभित्र इजरायली आक्रमणमा परी विदेशी र इजरायली बन्धकको मृत्यु भएको हमासको सैन्य शाखाले जनाएको छ ।

उत्तरी गाजा पट्टीमा ६ जनाको मृत्यु भएको र गाजा शहरका अन्य छुट्टाछुट्टै स्थानमा सात जनाको मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ । इजरायली सेनाले बिहीबार राति गाजा पट्टीमा भूमिगत सुरुङ, सैन्य परिसर र साइटहरू, अधिकारीहरूका घरहरू, हतियार डिपोहरू र सञ्चार कक्षहरू सहित लगभग ७५० लक्षित आक्रमण गरेको घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *