अफगानिस्तानी मस्जिदमा भएको आत्मघाती हमलामा परी सात जनाको मृत्यु

काबुल अफगानिस्तानको उत्तरी क्षेत्रमा रहेको अल्पसंख्यक शिया समुदायको मस्जिदमा शुक्रबार भएको आत्मघाती विस्फोटमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएको तालिबान सरकारले जनाएको छ ।

अमेरिका र तालिबान समूहबीच सन् २०२१ को अगष्टमा कतारमा भएको सम्झौतापछि अमेरिका समर्थित अफगानी सरकार सत्ताच्युत भएको थियो । तालिबानले आफ्नो विद्रोह अन्त्य गरेपछि बम विस्फोट र आत्मघाती आक्रमणको संख्यामा नाटकीय रुपमा कमी आएको छ ।

यद्यपि इस्लामिक स्टेट संगठनको क्षेत्रीय शाखासहित थुप्रै सशस्त्र समूहहरूको खतरामा अफगानिस्तान रहेको छ ।

बगलान प्रान्तको राजधानी पोल–ए–खोमरीस्थित इमाम जमान मस्जिदमा जुमेको नमाजका लागि भेला भएका शिया धर्मावलम्बीहरूलाई लक्षित गरिएको विस्फोटको तत्काल कुनै समूहले जिम्मेवारी लिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *