कांग्रेसलाई माओवादी, एमाले र राप्रपाकरण हुन दिँदैनौंः महामन्त्री थापा

गोरखा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई माओवादी र एमालेकरण हुन नदिने बताएका छन्। शुक्रबार पार्टीको गोरखा जिल्लाको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कोशी प्रदेश सरकारको राजनीतिक घटनाको प्रसंग निकाल्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘कांग्रेस पार्टीलाई माओवादीकरण हुन नदिने, एमालेकरण हुन पनि नदिने र कांग्रेसको राप्रपाकरण हुन पनि नदिने हो । कांग्रेसलाई कांग्रेसजस्तै बनाउने हो, नयाँ पुस्तालाई भरोसा दिन सक्ने बनाउँछौँ।’

महामन्त्री थापाले पार्टीमा व्यक्तिलाई केन्द्रमा राखेर राजनीति नगर्ने पनि बताए । उनले पार्टीमा आफू कहिलेकाही घेराबन्दीमा पर्ने गरेको भन्दै पार्टीलाई विधिसम्वत् चलाउन लागिरहने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *