प्यालेस्टाइनी नागरिकलाई २४ घण्टाभित्र गाजा छाड्न इजरायलको चेतावनी

गत शनिबार हमासको घातक आक्रमणलाई आफूहरूले रोक्न नसकेको इजरायलको सेनाले स्वीकार गरेको छ । इजरायली सेनाका प्रमुख रिचार्ड हेचले आफूहरू हमासको आक्रमण रोक्न असफल भएको तर त्यसबाट आफूहरूले गतिलो पाठ सिकेको पनि बताए ।

उनका अनुसार अब समय युद्धको हो । कैयौँ सैन्य विश्लेषकहरूले मान्छेलाई भन्दा बढी प्रविधिलाई विश्वास गरिँदा इजरायलमा यसपटक धेरै मानिसले ज्यान गुमाएको बताइरहेका छन् ।

इजरायलमा भएको हवाई प्रतिरक्षा प्रणाली आइरन डोमले रकेट र क्षेप्यास्त्रलाई पत्ता लगाएर असफल बनाए पनि त्यसले आकाशबाट प्यारासुटमार्फत उडेर आएका मानिसलाई पत्ता लगाउन नसकेको बताइएको छ ।

त्यसो त इजरायलको अनुसन्धान एजेन्सीहरूमाथि पनि यसपटकको प्रश्न उठ्न थालेको छ । यति ठूलो आक्रमणबारे उनीहरू किन बेखबर भएर प्रश्न गर्न थालिएको छ ।

यस क्रममा इजरायलले गाजा स्ट्रिपको गाजा सिटीबाट त्यहाँ रहेका प्यालेस्टाइनी नागरिकहरूलाई सो क्षेत्र खाली गराउन चेतावनी जारी गरेको छ । २४ घण्टाभित्र त्यहाँ बसोबास गर्ने १० लाखभन्दा बढी मानिसलाई सो ठाउँ छाड्न र दक्षिणी गाजा जान चेतावनी दिइएपछि संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गर्दै उक्त चेतावनी फिर्ता लिन भनेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *