तनहुँमा डेङ्गुबाट ६ वर्षीय बालकको मृत्यु

दमौली । डेङ्गु सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिका–४ शितलचोकका ६ वर्षीय बालकको मृत्यु भएको छ । दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको शुक्रबार गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।

६ वर्षीय बालकको निधनसँगै व्यास नगरपालिकामा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । डेङ्गु सङ्क्रमणबाट गत असार १६ गते व्यास नगरपालिका–१० निवासी ३५ वर्षीय युवा, असोज २ गते व्यास नगरपालिका–११ निवासी १५ वर्षीय किशोर, असोज ८ गते व्यास नगरपालिका–२ निवासी १३ वर्षीया बालिका र असोज २० गते व्यास नगरपालिका–२ निवासी ३४ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *