कोशी प्रदेश सरकार निर्माण प्रक्रियामा तटस्थ बस्ने राप्रपाको निर्णय

काठमाडौं । कोशी प्रदेश सरकार निर्माणमा राष्ट्रिय प्रजातन्त्र पार्टीले तटस्थ बस्ने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको पार्टीको केन्द्रीय पदाधिकारी बैठकले कोशी प्रदेशमा सरकार गठनमा तटस्थ बस्ने निर्णय गरेको हो ।

बैठकमा कोशी प्रदेशको विकसित राजनीति घटनाक्रम र त्यसले राष्ट्रिय राजनीतिमा पार्न सक्ने प्रभावको विषयमा गम्भीर समीक्षा भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । बैठकले कोशीमा दुवै पक्षले बहुमत दाबी रहेकाले राप्रपाको आवश्यकता नभए निष्कर्ष निकालेको उनले बताए ।

कोशीमा सरकार गठन प्रक्रियालाई लिएर सत्ता गठबन्धनले राप्रपाको साथ खोजेको थियो । तर बिहीबार कांग्रेसको शेखर कोइराला पक्षले विद्रोह गरेपछि कोशीको राजनीति जटिल मोडमा पुगेको छ ।

कोशीमा सत्तारुढ गठबन्धनबाट माओवादीका इन्द्र आङ्बो र एमालेको समर्थनमा कांग्रेसका केदार कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *