विश्वकप छनोट फुटबलमा अर्जेन्टिनाद्वारा पाराग्वे पराजित

काठमाडौँ । फिफा विश्वकप छनोट फुटबलमा अर्जेन्टिनाले पाराग्वेलाई पराजित गरेको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन निकोलास ओटामेन्डीले निर्णायक गोल गरे । विश्वकप छनोटअन्तर्गत अर्जेन्टिनाको यो लगातार तेस्रो जित हो । यसअघि दुवै खेल जितेको ब्राजिलले भने तेस्रो खेलमा भेनेजुएलासँग १–१ गोलको बराबरी खेलेको छ ।

गाब्रिएल मागाल्हाएसले ५० औँ मिनेटमा ब्राजिललाई अग्रता दिलाए पनि इडुआर्ड बेलोले ८५ औँ मिनेटमा भेनेजुएलाका लागि बराबरी गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *