सन्दीप लामिछानेद्वारा त्रिकोणात्मक टी–२० श्रृखलाबाट नाम फिर्ता

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी–२० श्रृखला नखेल्ने भएका छन् । सामाजिक संजालमार्फत लामिछानेले आफूले भारी मनका साथ प्रतियोगिताबाट नाम फिर्ता लिएको बताएका छन् ।

उनले भनेका छन्, ‘भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु र मैले आफूलाई पुनर्जीवित गर्न आवश्यक छ र परिवारलाई समय चाहिन्छ भन्ने महसुस गर्छु। मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु। सबैलाई धन्यवाद। अर्काे भेट नभए सम्म।’

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ । ती खेलहरु १ कात्तिकदेखि १० गतेसम्म हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *