हिमाल आरोहणमा क्लाइमालय ट्रेकको लापरबाही

काठमाडौं । हिमाल आरोहणका लागि अनुमति पाएको क्लाइमालय ट्रेकले आरोहीलाई गन्तव्यमा नपु¥याई छाड्ने गरेको पाइएको छ । गत साता ८ हजारमाथिका अग्लो हिमालमध्ये सबैभन्दा कान्छो हिमाल चीनको सिसापाङमा हिमाल आरोहण गर्ने क्रममा तेन्जेन लामा शेर्पा र अमेरिकी आरोही जिना मारी रुजुसिडलोको निधन भएको थियो ।

हिमाल आरोहणको अनुमतिनुसार दुवै जनालाई क्लाइमालय ट्रेकले गन्तव्यसम्म पु¥याउनुपर्ने थियो तर सो ट्रेकले बिचैमा सहमति तोडेर सेभेन समिट ट्रेकलाई जिम्मा लगाएको पाइएको छ । नेपालदेखि तिब्बतका लागि हिमाल आरोहणको अनुमति क्याइमालयले मात्रै पाउँदै आएको छ । तर, क्लाइमालयले टिकट भिषा र हिमाल आरोहण अनुमति लिने र बीचमा अर्को टिमलाई जिम्मा लगाउने काम गर्ने गरेको पाइएको हो ।

विश्वको छैटो अग्लो छोई हिमाल आरोहण गरेर फर्केपछि हिमाल आरोहीहरू तेन्जेन लामा शेर्पा र जिना मारी रुजुसिडलो बेस क्याम्पमा आइपुगे । बेस क्याम्पमा आएपछि सेभेन समिटका छाङ दावा शेर्पाले जिना मारीसँग सिसापाङमा हिमाल आरोहणका लागि ३० हजार अमेरिकी डलरमा सम्झौता गरे । जबकि, सो आरोहणको जिम्मा क्लाइमालय ट्रेकले गर्नुपर्ने थियो । ८ हजार मिटर अग्ला १४ वटा हिमशृंखलामध्ये सबैभन्दा कान्छो हिमालका रूपमा सिसापाङमा हिमाललाई चिनिन्छ । सिसापाङमा हिमाल ८ हजार २७ मिटर अग्लो रहेको छ ।

छोटो समयमै ८ हजारमाथिका १४ वटा हिमाल चढेर विश्व रेकर्ड बनाएका तेन्जेन लामा शेर्पाको गत साता निधन भएको हो । निर्मल पुर्जाको १ सय ८९ दिनको पुरानो कीर्तिमानलाई उछिन्दै क्रिस्टिन हरिलासँगै ९२ दिनमा मात्रै ८ हजार मिटर उचाइका १४ वटा हिमाल आरोहण गरेर सो रेकर्ड तोडेका थिए । यसपटक भने हिमाल आरोहणका क्रममा खराब मौसमकका बाबजुद चीनमा रहेको सिसापाङमा हिमाल आरोहण गर्ने क्रममा निधन भएको हो । सो हिमाल आरोहणका क्रममा दोलखाका मिङ्मा शेर्पा र निर्मल पुर्जा घाइते छन् ।

हिमाल आरोहण गर्दा हिमपहिरोको अवस्था र मौसम प्रतिकूलताको अवस्था हेरेर मात्रै आरोहण गर्ने गरिन्छ । तर, सिसापाङमा हिमाल आरोहण गर्दा खराब मौसमका बाबजुद पनि हिमाल आरोहण गराउँदा आरोहीको ज्यान गएको विज्ञहरूको मत छ । ‘आरोहण गर्दा मौसममा खराबी अवस्था आएसँगै हिमपहिरो गएको छ भने कम्तीमा पनि १० देखि १५ दिनसम्म कुर्नेुपर्ने हुन्छ,’ एक आरोहीले भने, ‘चीनको सो हिमाल आरोहण गराउँदा मौसमको ख्याल पनि गरिएन, हिमपहिरो खस्दाखस्दै आरोहीलाई आरोहण गराउँदा मानवीय क्षति भएको हो ।’ एक त हिमाल आरोहण गराउने कम्पनीले आरोहण गराउनुपर्नेमा सो गरेको देखिएन, अर्को कुरा आरोहणको अनुमति नलिएको व्यक्तिले आरोहण गराउने कामलाई कमजोरीका रूपमा लिन सकिने ती आरोहीको भनाइ छ ।

‘हिमालमा पहिरो गएपछि निरन्तर गइरहने अवस्था भयो भने फर्कनुपर्नेमा त्यसो गरिएको देखिँदैन,’ ती आरोहीले नाम नबताउने सर्तमा भने, ‘कम्तीमा हिमपहिरो गएपछि आइस बस्नका लागि १५ दिनको समय लाग्छ, त्यसपछि मात्रै बाटो क्लियर गरेर आरोहण गर्न सकिन्छ ।’ हिमपहिरो गएको दुई–चार दिनमै जाँदा कच्चा हिउँमा टेक्दा भासिनसक्ने सम्भावना बढी हुने आरोहीको भनाइ छ ।

तेन्जेनको परिवारले पाएनन् पारिश्रमिक र क्षतिपूर्ति

हिमाल आरोहणका क्रममा मृत्यु भएका कीर्तिमानी आरोही तेन्जेन लामा शेर्पाको परिवारले पाउनुपर्ने ३० लाख रुपैयाँ पाएका छैनन् । अमेरिकी आरोही जिना मारी रुजुसिडलोको गाइडका रूपमा तेन्जेन चीनको सिसापाङमा हिमाल आरोहणमा गएका थिए ।

हिमाल आरोहणकै क्रममा बेस क्याम्पमा सेभेन समिटका छाङ दावा शेर्पाले अमेरिकी आरोहीसँग ३० हजार डलरमा सम्झौता भए पनि पीडित परिवारले हालसम्म पारिश्रमिकबापतको रकम पाउन नसकेको गुनासो छ । तेन्जेनका दुई बालबच्चा र श्रीमती छन् । राजधानी दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *