अन्जु पन्तको हिन्दी गीत ‘जिन्दगीके राहो मैं’

काठमाडौं । गायिका अन्जु पन्तको हिन्दी गीत सार्वजनिक भएको छ । नरेन्द्र श्रेष्ठ नामक युट्युब च्यानलमार्फत ‘जिन्दगीके राहो मैं’ बोलको हिन्दी गीत सार्वजनिक गरिएको हो।

आयुष्मानको शब्द रहेको गीतमा नरेन्द्र श्रेष्ठले संगीत भरेका छन् भने संगीत संयोजन राहुल प्रधानको छ । गौरव गिरीले निर्देशन गरेको म्युजिक भिडिओमा आरके परियार, मिशेल घिमिरे, रोहित देउवा, गौरव गिरी फिचर्ड छन्। सन्तोष तामाङले छायांकन गरेको म्युजिक भिडिओलाई भद्रजंग कुँवरले सम्पादन गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *