अन्जनको कीर्तिमानी गोलमा नेपालको बराबरी

काठमाडौं । फरवार्ड अन्जन विष्टले कीर्तिमानी गोल गरेपछि फिफा विश्वकपको एसियाली छनोट अन्तर्गत लाओसविरुद्ध जारी खेलमा नेपालले बराबरी गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा अन्जनले दोस्रो हाफमा गोल गर्दै नेपाललाई लाओसविरुद्ध १-१ गोलको बराबरीमा ल्याएका हुन् ।

दोस्रो हाफको दोस्रो मिनेटमै एरिक विष्टको कर्नर क्रसमा अन्जनले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याएका हुन् । यस गोलसँगै अन्जनले नेपालको लागि सर्वाधिक १३-१३ गोल गर्ने हरि खड्का र निराजन रायमाझीको कीर्तिमानसँग बराबरी गरेका छन् । यसअघि खेलको ३३ औं मिनेटमा कप्तान बोउन्कोन्ङले नेपालका दुई डिफेन्डरलाई बिट गर्दै  गोल गरेर लाओसलाई अग्रता दिलाएका हुन् । खेलमा नेपालले राम्रो प्रदर्शन गरेपनि फाइनल थर्डमा संघर्ष गर्दा पछि परेको छ ।

नेपालको सुरुवाती ११: किरण चेम्जोङ्ग (कप्तान), सनिश श्रेष्ठ, अनन्त तामाङ्ग, रोहित चन्द, आशिष चौधरी, लाकेन लिम्बु, आवास लामिछाने, मनिष डाँगी, आयुष घलान, अन्जन विष्ट, जिलेस्पे जंग कार्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *