पहिलो हाफमा लाओसलाई अग्रता

काठमाडौं । काठमाडौंमा जारी फिफा विश्वकपको एसियाली छनोट खेलको पहिलो हाफमा लाओसले शुरुवाती अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफको समाप्तिमा  लाओसले घरेलु टोली नेपालविरुद्ध १-० गोलको अग्रता लिएको छ ।

खेलको ३३ औं मिनेटमा कप्तान बोउन्कोन्ङले नेपालका दुई डिफेन्डरलाई बिट गर्दै  गोल गरेर लाओसलाई अग्रता दिलाएका हुन् । खेलमा नेपालले राम्रो प्रदर्शन गरेपनि फाइनल थर्डमा संघर्ष गर्दा पछि परेको छ ।

नेपालको सुरुवाती ११: किरण चेम्जोङ्ग (कप्तान), सनिश श्रेष्ठ, अनन्त तामाङ्ग, रोहित चन्द, आशिष चौधरी, लाकेन लिम्बु, आवास लामिछाने, मनिष डाँगी, आयुष घलान, अन्जन विष्ट, जिलेस्पे जंग कार्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *