कोशीको मुख्यमन्त्रीमा माओवादीका इन्द्र आङ्बोले दाबी पेस

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले दाबी पेस गरेका छन् । बिहीबार अपराह्न आङ्बोले मुख्यमन्त्री पर्शुराम खापुङसमक्ष बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका हुन् ।

कांग्रेसको डा.शेखर कोइराला समूहले भने एमालेसँग मिलेर मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेको छ । कोइराला समूहका सांसद केदार कार्कीले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् ।

कार्कीलाई कोइराला समूहका आठ जना सांसदहरूले समर्थन गरेका छन् । कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका आङ्बोले कांग्रेस इतर समूहका ८ सांसदको हस्ताक्षर पनि प्रयोग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *