काठमाडौंको बौद्धमा प्रहरीको गोली लागेर लुटेरा समूहका एक घाइते, दुईजना नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको बौद्धमा प्रहरीको गोली लागेर बिहीबार लुटेरा समूहका एकजना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले आत्मरक्षाका लागि चलाएको गोली लागेर सिन्धुलीका सन्तोष घनाल घाइते भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनले भने, “लुटेरा समूहले हाम्रो प्रहरी टोलीमाथि आक्रमण गर्दा आत्मरक्षाका लागि जवाफी फायर गर्दा घनाल घाइते भएका हुन् ।” घाइते भएका घनालको एनएम्स अस्पताल जोरपाटीमा उपचार भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यसैगरी उक्त घटनामा शान्त लामा र जितेन लामालाई प्रहरीले नियन्त्रणमा लिनुका साथै उनीहरुको साथबाट सात राउण्ड गोली, एउटा पेस्तोलसहित दुई वटा मोटरसाइकल बरामद गरिएको प्रवक्ता रेग्मीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *