पदक विजेता खेलाडीको रकम एक साताभित्र आउँछः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९ औं एसियाली खेलकुदमा पदक विजेता खेलाडीहरुसँग भेट गरी शुभकामना दिएका छन् । प्रतियोगितामा नेपालले करातेमा रजत र महिला कबड्डीमा कास्य पदक जितेको थियो ।

प्रधानमन्त्रीले बुधबार खेलाडीहरुसँग भेट गर्दै कबड्डी र करातेमा प्राप्त मेडलको लागि बधाई एवं आउने दिनमा अझैं ठूलो सफलताको शुभकामना व्यक्त गरे । उनले महिला सहभागिताको लागि बधाई दिएको भन्दै अहिले महिलाले नै मेडल र रेकर्ड बनाएकोमा बधाई दिए । खेलाडीको प्रोत्साहनको लागि आफूले रकम दिने घोषणा गरेको भन्दै नियमावली पास गरेको जानकारी दिए ।

उनले मन्त्रिपरिषदबाट पास गरेको उल्लेख गर्दै निकासाका लागि निर्णय भएको र एक हप्तामा त्यो अर्थबाट आउने बताए । सरकारको प्रमुखको हैसियतले आगामी बजेटमा खेल क्षेत्रमा विशेष बजेटको व्यवस्था गर्ने कार्यक्रम राख्ने प्रतिवद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *