८४ को निर्वाचनका लागि अहिलेदेखि नै तयारीमा जुट्न नेता कार्यकर्तालाई ओलीको निर्देशन

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको काम देखेर अन्य दलहरु आत्तिएका बताएका छन् । बुधबार नेकपा एमाले मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले छोटो समयमा गरेको विकासको काम देखेर कांग्रेस र माओवादी सहितका दलहरु आत्तिएका बताएका हुन् ।

उनले एमालेले सुशासनको, विकासको कुरा सोचेर अन्य दलका नेता कार्यकर्ताहरु एमालेप्रति आकर्षित भइरहेको दाबी गरे । उनले २०८४ को निर्वाचनका लागि अहिलेदेखि नै तयारीमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिंदै देशलाई समृद्ध बनाउनका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताए ।

उनले एकल बहुमत ल्याउने गरी तयारीमा अहिले देखि नै जुटन नेता कार्यकर्तालाई निर्देशन दिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तराई मधेसको समृद्धि बिना नेपाल उठ्न नसक्ने बताए ।

उनले नेपाललाई उठाउन तराई मधेसको समृद्धि आवश्यक रहेको बताए । उनले एमाले पार्टीको जन्मथलो नै तराई मधेश रहेको भन्दै केही अघिसम्म एमालेप्रति तराई मधेशमा भ्रम फैलाइएको बताए ।

उनले पछिल्लो निर्वाचनमा यहाँका जनताले मधेश प्रदेशमा पहिलो पार्टी बनाएर विकास र समृद्धिको एकमात्र पार्टी एमाले रहेको देखाइ दिएको बताए । उद्घाटन कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, सचिवद्वय योगेश भट्टराई, रघुवीर महासेठ, पोलिटब्युरो सदस्यद्वय जुली महतो, लिलानाथ श्रेष्ठ लगायतले आ आफ्ना धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *