भारतलाई अफगानिस्तानको मध्यम विजयी लक्ष्य

एजेन्सी । एकदिवसीय विश्वकपमा अफगानिस्ताले भारतलाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । दिल्लीमा जारी खेलमा अफगानिस्तानले भारतलाई जीतको लागि २ सय ७३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

अरुन जाइतले स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ७२ रन बनाएको थियो । अफगानिस्तानको लागि कप्तान हाश्मातुल्लाह शाहिदी र अज्मातुल्लाह ओमारजाइले अर्धसतक बनाए । शाहिदीले ८८ बलमा ८ चौका र एक छक्काको सहयोगमा ८० रन बनाउँदा ओमारजाइले ६२ रन बनाए । उनले ६९ बलमा ४ चौका र २ छक्का प्रहार गरे । यस्तै इब्राहिम जादरनले २२, राहमानुल्लाह गुर्बाजले २१, मोहम्मद नाबीले १९, रसिद खान र रहमत शाहले समान १६-१६ रन बनाए ।

भारतको लागि जस्प्रित बुम्राले १० ओभरमा ३९ रन खर्चिदै ४ विकेट लिँदा हार्दिक पान्ड्य ले दुई तथा शार्धुल ठाकुर र कुलदिप यादवले सामना एक-एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *