कोशी प्रदेशबारे निर्णय गर्न राप्रपाले बोलायो केन्द्रीय पदाधिकारी बैठक

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो पार्टीको केन्द्रीय पदाधिकारी बैठक आह्वान गरेको छ । बैठक शुक्रबार बिहान ८ बजे केन्द्रीय कार्यालय धुमबाराहीमा बस्ने गरी केन्द्रीय पदाधिकारी बैठक आह्वान गरिएको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बैठकले मुलुकको समसामयिक परिस्थतीको समीक्षा गर्ने, पार्टीका भूगोल केन्द्रित कार्यक्रमहरुको समिक्षा गर्ने र कोसी प्रदेशमा सरकार निर्माणको सन्दर्भमा पार्टीको रणनीति तय गर्ने र आवश्यक निर्णय लिने छ ।

दश दिन अगाडी कार्य सम्पादन समितिको बैठकले पदाधिकारीसँग परामर्श गरी आवश्यक निर्णय लिने अधिकार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रदान गरेको थियो । सोहीअनुसार अध्यक्ष लिङ्देनले केन्द्रीय पदाधिकारी बैठक आह्वान गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *