नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्री साउद इजरायल जाने

काठमाडौं । नेपाली विद्यार्थी लिन परराष्ट्र मन्त्री एनपी साउद इजरायल जाने भएका छन् । आज राति नेपाली विद्यार्थी लिन इजरायल जान लागेको जहाजमा मन्त्री साउद आफैं जाने भएका हुन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पठाउने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जानकारी दिए । उनले भने, ‘शव ल्याउन एउटा कानुनी प्रक्रिया रहेछ त्यो पूरा भएपछि आउँछ,’ उनले भने, ’बाँकी घाइते, जोखिममा रहेका र अन्य नेपालीहरुको हकमा स्वदेश फिर्ताको प्रबन्ध गर्न परराष्ट्रमन्त्रीजी आफैं जाँदैहुनुहुन्छ ।’ आज जाने जहाजले नेपाल फर्किन चाहने नेपालीलाई ल्याउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *