अख्तियारको जरामै समस्या छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका ठूला काण्डलाई ढाकछोप गर्छ भन्ने गुनासो आउने गरेको बताएका छन् ।

बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले अख्तियारले भ्रष्टाचारका ठूला काण्डलाई मिलाइदिने र ढाकछोप गर्ने गरेको गुनासो आउने गरेको बताएका हुन् ।

उनले अख्तियारका प्रमुख आयुक्त र आयुक्त नियुक्तिको मापदण्ड नबदलेसम्म परिणाम नआउने बताए । उनले भने, ‘अख्तियारले भ्रष्टाचारका ठूला काण्डलाई मिलाइदिन्छ र ढाकछोप गर्छ भन्ने धारणा बनेको छ । यसले अख्तियारको कार्यक्षमतामाथि प्रश्न उठेको छ । जरामै समस्या छ । नियुक्तिको भागबन्डा छ । नियुक्तिको मापदण्ड नबदली परिणाम दिँदैन ।’

थापाले सरकारको नीतिगत निर्णयको छुट्टै कानुन बनाउनुपर्ने बताए । उनले भने, ‘नीतिगत निर्णयको छुट्टै कानुन बनाउनुपर्छ । सबै नीतिगत निर्णय क्याबिनेटले गर्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *