हमासको आक्रमणमा १२ सय इजरायलीको मृत्यु

 

इजराइल–हमास युद्धमा एक हजार दुई सयभन्दा बढी इजराइलीहरूको मृत्यु भएको इजराइलको प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ताले बताएका छन् ।

यो सङ्ख्या यसअघि बताइएको एक हजारभन्दा बढी हो । ‘मृत्यु हुनेको सङ्ख्या एक हजार दुई सय पुगेको छ’, आईडीएफका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कन्रिकसले भने । उनले मारिनेहरूमा अधिकांश सर्वसाधारण रहेको जानकारी दिए ।

यसैबीच इजराइलले गाजापट्टीमा रातभर गरेको हवाई हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको र सयौँ घाइते भएको हमास सरकारका एक अधिकारीले बताएका छन् ।

हमास सरकारको सञ्चार कार्यालयका प्रमुख सलमा मरुफले इजराइली हमलामा दर्जनौँ आवासीय भवन, कारखाना, मस्जिद र पसलहरू प्रभावित भएको जानकारी दिए । इजराइली सेनाले रातको समयमा हमासका थुप्रै लक्ष्यमा आक्रमण गरेको पुष्टि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *