भेप प्रकरणमा राहुल महरासहित चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । भेपमार्फत सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

राहुलसहित चारजनाविरुद्ध संगठित अपराध र भन्सार छलीको अभियोगमा बुधबार मुद्दा दर्ता भ्एको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भेपमार्फत भएको सुन तस्करी प्रकरणमा राहुलसहित लोकेन्द्र पौडेल र ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङ र काभ्रेका निमा गुरुङविरुद्ध मुद्दा चलाउनुपर्ने राय दिएको थियो ।

गत पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानबाट इलेक्ट्रिक सिगरेट (भेप) ल्याएका थिए । ७३ वटा बट्टामा ल्याइएको ७३० थान भेपमा नौ किलो सुन लुकाएर ल्याएको पाइएको थियो ।

शंकास्पद रुपमा भेप ल्याएको पाइएपछि नियन्त्रणमा लिएर सामान गोदाममा सिल गरेर राखिएको थियो । तर त्यही सिल गरेकै अवस्थामा भेप चोरी भएको थियो । त्यसको अनुसन्धान गर्ने क्रममा भेपमा सुन आएको पाइएको थियो ।

भन्सारले भेप नियन्त्रणमा लिएपछि पूर्वसभामुख महरा र उनका छोरा राहुलले पटकपटक भन्सारका कर्मचारीलाई फोन गरी छुटाउन दबाब दिएका थिए । सुन ल्याउनेमध्यका दावाजिन वाङसहित ६ चिनियाँ तस्कर फरार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *