एकदिवसीय विश्वकपमा इंग्ल्याण्डको पहिलो जीत

एजेन्सी । भारतमा जारी एकदिवसीय विश्वकपमा इंग्ल्याण्डले पहिलो जीत निकालेको छ । मंगलबार दिउँसो भएको खेलमा इंग्ल्याण्डले बंगलादेशलाई १ सय ३७ रनले पराजीत गरेको हो ।

जीतको लागि ३ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश ४८.२ ओभरमा अलआउट हुँदै २ सय २७ रनमा समेटिएको हो । बंगलादेशको लागि लिटोन दास र मुश्फिर रहिमले अर्धसतक बनाएपनि टोलीलाई जीत दिलाउन सकेनन् । दासले ६६ बलमा ७ चौका र दुई छक्काको मद्दतमा ७६ रन बनाउँदा मुश्फिर रहिमले ५१ रन बनाए । उनले ६४ बलमा ४ चौका प्रहार गरे । यस्तै तोहिड ह्रिदोएले ३९, टास्किन अहमेदले १५ र शोरिफुल इस्लामले १२ रन बनाए ।

इंग्ल्याण्डको लागि रिक टोप्लीले चार विकेट लिँदा क्रिस वोक्सले दुई विकेट लिए । यस्तै साम कुरान, मार्क वुड र अदिल रसिद र लिएम लिभिंगस्टोनको नाममा एक –एक विकेट रह्यो ।

यसअघि हिमान्चल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ६४ रन बनाएको थियो । इंग्ल्याण्डको लागि डेभिड मलानले १ सय ४० रन बनाए । उनले १ सय ७ बलमा १६ चौका र ५ छक्का प्रहार गरे । यस्तै जोए रुटले ६८ बलमा ८ चौका र एक छक्काको मद्दतमा ८२ रन बनाउँदा जोनी बैर्ट्रोले ५२ तथा जोस बटलर र ह्यारी ब्रुकले समान २०-२० रन बनाए ।

बंगलादेशको लागि माहेदी हसनले चार विकेट लिँदा शोरिफुल इस्लामले तीन तथा टास्किन अहमेद र शकिब अल हसनले समान एक-एक विकेट लिए ।

जीतसँगै इंग्ल्याण्डले दुई खेलबाट २ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । समान खेलबाट समान २ अंक जोडेको बंगलादेश छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *