कुशल र सादिराको सतकमा श्रीलंकाद्वारा पाकिस्तानलाई विशाल विजयी लक्ष्य प्रस्तुत

एजेन्सी । एकदिवसीय विश्वकपमा श्रीलंकाले पाकिस्तानलाई विशाल विजय लक्ष्य प्रस्तुत गरेको छ । हैदराबादमा जारी खेलमा श्रीलंकाले पाकिस्तानलाई २ सय ४५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ४४ रन जोडेको हो । श्रीलंकाको लागि कुशल मेन्डिस र सादिरा समाराविक्रमाले सतक पूरा गर्दा पाथुम निस्सान्काले अर्धसतक बनाए ।  कुशलले ७७ बल खेल्दै १४ चौका र ६ छक्काको मद्दतमा १ सय २२ रन बनाउँदा सादिराले ८९ बलमा ११ चौका र २ छक्काको सहयोगमा १ सय ८ रन बनाए । यस्तै पाथुमले ६१ बलमा ७ चौका र एक छक्काको मद्दतमा ५१ रन बनाउँदा धनन्जय डी सिल्भाले २५, डासुन शानकाले १२ र दुनिथ वेलालागेले १० रनको योगदान गरे ।

पाकिस्तानको लागि हसन अलीले १० ओभरमा ७१ रन खर्चिंदै ४ विकेट लिँदा हारिस राउफले दुई तथा शाहिन शाह अफ्रिदी, महम्मद नावाज र शदाब खानले समान एक-एक विकेट लिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *