काठमाडौं मेडिकल कलेजमा चिकित्सकमाथि कुटपिट, दुईजना पक्राउ

काठमाडौं । काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा इन्टर्न चिकित्सकमाथि कुटपिट भएको छ । आइतबार दिउँसो इन्टर्न डाक्टर मनिष थापामाथि आक्रमण भएको भन्दै हाल केएमसीमा अध्ययनरत चिकित्सकहरुले अस्पताल अगाडि धर्ना दिएर अवरोध गरेका छन्। उनीहरुले शनिबार सरकार चिकित्सकबीच सहमतिको आधारमा नै ओपिडीमानै पुगेर चिकित्सक माथि हातपात गर्नेलाई कारवाही गर्नु पर्ने माग राखेका छन् ।

स्वास्थ्यकर्मीहरु डाक्टरमाथि हातपातको विरोधमा सडकमा निस्किएपछि केएमसी क्षेत्रको सडक अवरुद्ध बनेको छ । कुटपिटमा संलग्न गुल्मीका २२ वर्षीय रुपक गौतम र गुल्मीकै ३४ वर्षीय सरोज गौतमलाई गौशाला प्रहरीले पक्राउ गरेको छ ।

शनिबार साँझ मात्रै चिकित्सकमाथि कुटपिटविरुद्ध आन्दोलनरत चिकित्सक समूह र सरकारबीच ६ बुँदे सहमति भएको थियो । जसअनुसार चिकित्सकहरूको असोज ९ गतेदेखिको आन्दोलन फिर्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *