माल्दिभ्सलाई पराजित गर्दै नेपाल विजयी

काठमाडौं । चीनमा जारी १९ औँ एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा माल्दिभ्सलाई पराजित गर्दै नेपाल विजयी भएको छ । आइतबार भएको खेलमा नेपालले माल्दिभ्सलाई १ सय ३८ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

२ सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९ दशमलव ४ ओभरमा ७४ रन बनाएर अलआउट भयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रनको योगफल खडा गरेको थियो ।

जितसँगै नेपाल क्वार्टारफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ को विजेता बन्दै नेपाल अन्तिम आठमा पुगेको हो। अब अन्तिम आठमा नेपालले भारत, पाकिस्तान, बंगालदेश र श्रीलंका मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *