प्रधानमन्त्री र एमाले अध्यक्ष ओली छलफलमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । सुन तस्करी प्रकरणको छानबिनका लागि बनाउने भनिएको जाँचबुझ आयोग गठन नगरिएको सन्दर्भमा प्रधानमन्त्रीलाई भेट्न एमाले अध्यक्ष ओली प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका हुन् ।

प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश वर्तौलासहित बालुवाटार पुगेका हुन् । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । आज दिउँसो १ बजे बोलाइएको संसद बैठकमा विद्यालय शिक्षा विधेयक पेस गर्ने कार्यसूची रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *