नागोर्नो–काराबाख क्षेत्रबाट एक लाखभन्दा बढी आदिवासी आर्मेनियाली पलायन

नागोर्नो–काराबाख क्षेत्रबाट एक लाखभन्दा बढी आदिवासी आर्मेनियाली पलायन भएका छन् । गत साता क्षेत्रमा अजरबैजानले कब्जा जमाएपछि आदिवासी आर्मेनियाली आफ्नो बहुलता भएको स्थानबाट अधिकांश पलायन भएका काराबाख क्षेत्रका पूर्वअभियन्ताहरूले बताएका छन् ।

अजरबैजानले उक्त क्षेत्रलाई पुनः एकीकरण गर्न र त्यहाँका बासिन्दालाई समान व्यवहार गर्न चाहेको बताएको छ । तर अर्मेनियाली प्रवक्ताले त्यो भनाइ केवल ‘झूट’ भएको टिप्पणी गरेका छन् ।

अर्मेनियाका प्रधानमन्त्रीका प्रवक्ता नाजेली बग्दासर्यानले नागोर्नो–काराबाखको अनुमानित एक लाख २० हजार जनसङ्ख्यामध्ये एक लाख चार सय १७ जना पलायन भएका बताएका छन् ।

शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय युएनएचसीआरले पनि एक लाख आदिवासी आर्मेनियाली पलायन भएका जनाउँदै उनीहरूलाई तत्काल मानवीय सहायता आवश्यक परेको बताएको छ ।

नागोर्नो–काराबाख क्षेत्रको धरातलीय यथार्थबारे जानकारी लिन तथा त्यहाँको वस्तुस्थिति मूल्याङ्कन गर्न राष्ट्रसङ्घीय टोली आजसम्ममा त्यहाँ पुग्ने बताइएको छ ।

गत बिहीबार अजरवैजानले नागोर्नो काराबाख क्षेत्र आफ्नो अधिनमा आएको बताएसँगै स्वघोषित स्तन्त्रताको तीन दशक लामो रक्तपातपूर्ण द्वन्द्व अन्त्यसँगै अब त्यसको अस्तित्वसमेत समाप्त भएको घोषणा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *