हाङ्जाै एसियाली खेलकुदः नेपाल माल्दिभ्सविरुद्ध पहिला ब्याटिङ गर्दै

काठमाडाैँ । १९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्सविरुद्ध पहिला ब्याटिङ गर्दैछ।

चीनकाे हाङ्चाैमा जारी यो खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन। खेल नेपाली समय अनुसार अहिले बिहान ६ ४५ सुरु भएको छ।

नेपालले एशियाली खेलकुदकाे पहिलो खेलमा मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । मंगोलियाविरुद्ध ११ विश्व कीर्तिमान बनाएको नेपालले माल्दिभ्सविरुद्ध पनि त्यस्तै नतिजा निकाल्ने अपेक्षा गरिएकाे छ ।

माल्दिभ्सले दोस्रो रोजाईको टोली एसियाड खेल्न पठाएकोले नेपाललाई सहज हुनेछ  । माल्दिभ्सका पहिलो रोजाईको टोली कतारमा आइसिसी टि२० विश्वकप एसिया रिजनल छनोट ए खेलिरहेकाे छ । दुई प्रतियोगिता जुधेपछि एसियाडको लागि दोस्रो रोजाईको टोली पठाएको हाे ।

माल्दिभ्सले पनि उसकाे पहिलो खेलमा मंगोलियालाई ९ विकेटले हराएको थियो । विश्व वरियतामा टि२० आईमा माल्दिभ्स ७८ औं र नेपाल १६ औं स्थानमा छ ।

नेपालको प्लेइङ-११

कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *