प्रिमियर लिगमा आर्सनलको पाँचौं जीत

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आर्सनलले पाँचौं जीत निकालेको छ । शनिबार राति भएको खेलमा एएफसी बर्नामाउथलाई ४-० गोलले हराउँदै आर्सनलले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको हो ।

भिटालिटी स्टेडियममा भएको खेलमा आर्सनललाई जीत दिलाउन बुकयाओ साका, मार्टिन ओडेगार्ड, काइ हाभेर्ट्ज र बेन ह्वाइटले समान एक-एक गोल गरे । खेलको १७ औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई शूरुवाती अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा ओडेगार्डले पेनाल्टीमा गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए ।

५३ औं मिनेटमा हाभेर्ट्जले पेनाल्टीमा गोल गर्दै आर्सनललाई सहज जीततर्फ अगाडि बढाएका थिए । यस्तै इन्जुरी समयको तेस्रो मिनेटमा ओडेगार्डको क्रसमा ह्वाइटले हेडर गोल गर्दै आर्सनललाई ४-० गोलको जीत दिलाएका हुन् ।

जीतसँगै आर्सनल ७ खेलबाट १७ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ३ अंक जोडेको बर्नामाउथ १८ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *