आकाशीय संकेतः ज्योतिषजगत् र होराशास्त्रको व्यापकता

काठमाडौं । सिद्धान्त, संहिता र होरामध्ये होराशास्त्रका विषयमा यहाँ संक्षिप्त व्याख्या गरिएको छ । ‘अहोरात्र’ शब्दको पहिलो ‘अ’ र पछिल्लो ‘त्र’ लोप भएर ‘होरा’ शब्द व्यवहारमा आएको हो । अहोरात्रको अवयव होराले जन्म वा प्रश्न समयलाई जनाउँछ । ‘होरा’ शब्दले तात्कालीक कालावयव लग्नलाई संकेत गर्छ । लग्नबाट नै जीवनको सम्पूर्ण भविष्य अर्थात् सत्, असत् र सद्सत् यी तीनै प्रकारका कर्मफल परिपाकको बोध हुन्छ । अतः लग्नमा आधारित हुनाले वा लग्नको सहयोगद्वारा ज्ञान गर्न सकिने कर्म परिपाक द्योतक वा बोधक हुनाले पनि यसलाई होराशास्त्र भनिएको हो । यसका आधारमा अहोरात्रमा घटित प्रत्येक घटनाका विषयमा अध्ययन गरिन्छ ।

अभीष्टकालमा साधन गरिएका (आकाशमा स्थिर गरिएका) विभिन्न ग्रह, लग्न र तिनमा निहित भावहरूको बलाबल’bout राम्रोसँग विश्लेषण गरी विभिन्न दशाका आधारमा फलादेश गर्ने ज्योतिषीय विधा विशेषलाई होरा भनिन्छ । जन्म लिने मानिसलाई जातक भनिन्छ । जातकको जन्मकालमा आकाशमा स्थिर रहेका ग्रह, नक्षत्रादिका आधारमा भावी जीवनका सुख, दुःख, उन्नति, अवनति आदि विविध पक्षको निर्णय गर्ने विधा ज्योतिष भएकाले यसलाई होराशास्त्र पनि भनिन्छ ।

होराशास्त्रको अर्काे नाम जातकशास्त्र हो । यसमा जन्मकालिक ग्रहस्थितिका आधारमा व्यक्तिको समस्त जीवनको शुभाशुभ फलको निरूपण गरिन्छ । यसअन्तर्गत जन्मकालिक ग्रह स्थितिनुसार व्यक्तिको भविष्य एवं शुभाशुभ फलादेश गरिन्छ ।

होराभित्र अध्ययन गरिने जातक, ताजिक र प्रश्नशास्त्रका माध्यमद्वारा द्वादश भावात्मक चक्रमा निखिल सौरमण्डलको सटीक चित्रण गर्ने परम्पराले फलादेश गर्ने दिशामा सर्वाेपरि महŒव राखेको छ । खगोल तथा ग्रहगोल सम्बद्ध गणितको सूक्ष्म विश्लेषणपश्चात् गणितागत ग्रहको आकाशीय स्थितिलाई द्वादश भावात्मक चक्रमा देख्न सकिन्छ । यो द्वादश भावहरूको युक्तियुक्त कल्पनाद्वारा आकाशीय ग्रहको नियत स्थितिलाई यथास्थानमा स्थापित गरी प्राचीन आचार्यहरूले गहन मेहनतका साथ प्रदान गरेको महŒवपूर्ण सूत्र हो ।

होराशास्त्रको प्रयोजन

आफ्नो पूर्वसञ्चित कर्मानुसार यस संसारमा शेष कर्मफल भोग्न, जीवनको यथार्थ अनुभव गर्न र परमानन्द प्राप्त गर्नका लागि यस लोकमा भौतिक शरीर धारण गरेको आध्यात्मिक बौद्धिक प्रतिबिम्ब स्वरूप मनुष्यद्वारा पूर्वजन्ममा अर्जित सदादि अर्थात् सत्–अवश्यम्भावी, असत्–ऐच्छिक र सदसत्–मिश्रित कर्मफलको परिपाककाल ज्ञान गर्नु होराशास्त्रको प्रयोजन हो ।

शास्त्रले हाम्रो सञ्चित कर्म र प्रारब्ध कर्मका कारण वर्तमान जीवनमा के कस्ता रूप, गुण, धन, दौलत, दाजुभाइ, आमा, बुबा, इष्टमित्र, सुख, दुःख, विद्या, बुद्धि, आम्दानी, खर्च, नोकरी, व्यापार, व्यवसाय, रोग, शोक, शत्रु, दुर्घटना, आयु, जन्म, मृत्यु, विवाह र सन्तान आदिसँग सम्बद्ध पक्षका विषयमा पूर्वजानकारी दिन्छ र त्यसैनुसारको जीवनको तयारी गर्न सघाउँछ । यसका साथै जीवनको शुभाशुभ समयको जानकारी दिई आफ्नो अनुकूल समय चलेका बेलामा प्रगतिलाई गति प्रदान गर्न र प्रतिकूल समय चलेका बेला अशुभ फलबाट बची जीवनलाई सुखमय बनाउन हामीलाई विभिन्न विधि एवं उपायहरूका ’boutमा निर्देशन गर्छ । त्यसैले, फलित ज्योतिष दुःख सागर तार्ने डुंगा, उचित परामर्श दिने असल मित्र र धन आर्जनको योग्यतम् मार्गदर्शक मन्त्री हो । अतिन्द्रिय ज्ञान वा पराविज्ञान त यसको सार्वाधिक महŒवपूर्ण पक्ष हो । यस्तो क्षमता अत्यन्त सीमित व्यक्तिलाई मात्र प्राप्त हुनसक्छ ।

यो शास्त्र प्रारब्धवादीलाई भन्दा प्रयत्नवादीलाई परमोपयोगी छ । भविष्यमा आइपर्ने सुखदुःखका ’boutमा भविष्य दर्पणले झैं यसले अग्रीम रूपमा स्पष्ट देखाइदिन्छ र आगामी संकटका ’boutमा मानिसहरूलाई अग्रीम जानकारी गराई त्यसप्रति मानिसलाई जागरूक बनाउँछ र त्यसबाट मुक्ति पाउने उपाय बताउँछ । यसरी होराशास्त्रले जीवनका विभिन्न पक्षमा प्रकाश पारेको हुन्छ । यसरी लग्नबलाधीन शुभाशुभ फलादेश गर्नु नै ज्योतिष शास्त्रको प्रयोजन हो ।

यस साताका लागि वर्तमान आकाशको केही परिदृश्य र तिनका फलसंकेत यसप्रकार रहेका छन् । निर्णयकर्ताहरूमा कूटनीतिक क्षमतामा ह्रास देखिनेछ । व्यक्तिगत कमजोरीका कारण समर्पणवादी प्रवृत्ति देखिनेछ र फलस्वरूप वैदेशिक प्रभावमा वृद्धि हुनेछ । गैरकूटनीतिक एवं गैरजिम्मेवारखालको सार्वजनिक प्रस्तुति देखिनसक्छ । राष्ट्रिय जीवनमा महŒवपूर्ण ठाउँ ओगटेका व्यक्तित्वहरू सचेत रहनुपर्ने अवस्था छ । यति सब हुँदाहुँदै पनि १८ असोजपछि केही समाधानका लक्षण देखापर्नेछ र दीर्घकालिक महŒव राख्ने चिन्तन मौलाउँदै जाने सम्भावना देखिन्छ । राजधानी दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *