रियल म्याड्रिडको सहज जीत

एजेन्सी । स्पेनिस लिग ला लिगमा रियल म्याड्रिडले सहज जीत निकालेको छ । शनिबार राति भएको खेलमा जिरोनालाई ३-० गोलले हराउँदै म्याड्रिड लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

म्याड्रिडलाई जीत दिलाउन जोसेलु, अरेलिन चुआमिनी र जुडे बेल्लिन्घामले समान एक-एक गोल गरे । खेलको १७ औं मिनेटमा बेल्लिन्घामको पासमा जोसेलुले गोल गर्दै म्याड्रिडलाई शूरुवाती अग्रता दिलाएका थिए । २१ औं मिनेटमा क्रुसको क्रसमा चुआमिनीले गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए ।

यस्तै ७१ औं मिनेटमा जोसेलुको पासमा बेल्लिन्घामले गोल गर्दै म्याड्रिडलाई ३-० गोलको जीत दिलाएका हुन् । जीतसँगै म्याड्रिड ८ खेलबाट २१ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट १९ अंक जोडेको जिरोना तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *