वाट्किंसको ह्याट्रिकमा भिल्लाको फराकिलो जीत

एजेन्सी । फरवार्ड ओले वाट्किंसले ह्याट्रिक पूरा गरेपछि इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले फराकिलो जीत निकालेको छ । शनिबार बेलुकी भएको खेलमा भिल्लाले ब्रिघटनलाई ६-१ गोलले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा भिल्लालाई जीत दिलाउन वाट्किंसले ह्याट्रिक पूरा गर्दा जोकाब रामसे र डोग्लास लुइसले समान एक-एक गोल थपे । भिल्लाले एक गोल उपहार पाएको हो । ब्रिघटनको लागि अन्सु फाटीले एक गोल फर्काए ।

भिल्लाले दुवै हाफमा समान तीन-तीन गोल गरेको हो । वाट्किंसले खेलको १४ औं, २१ औं र ६५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।

जीतसँगै भिल्ला ७ खेलबाट १५ अंक जोड्दै लिगको शीर्ष चारमा उक्लिदा समान अंक जोडेको ब्रिघटन पाँचौं स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *